आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा नक्कली महका एक कारोबारी पक्राउ

आइतबार, २४ भदौ २०८०, १८ : २९
आइतबार, २४ भदौ २०८०

धनगढी । कैलालीको धनगढीमा नक्कली महको कारोबार गर्दै आएका एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका २ फनपार्कस्थित रमेशकुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका भारतीय नागरिक मोहम्मद साहरीका छोरा ३० वर्षीय जुमाइदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक राम बहादुर बमको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको छ । उनको साथबाट अन्सारीले चिनी पगालेर मह भन्दै बिक्रीका लागि राखेको नक्कली मह बरामद समेत गरेको छ ।

प्लाष्टिकको डिब्बामा प्याक गरी राखेको पगालेको चिनीको रस ४ सय किलो, बिना महको माहुरीको चाका ५ किलो, कुट दुई किलो, एक थान कडाइ र चिनी ५० किलो बरामद गरिएको बताइएको छ ।

अखाद्य सामग्री उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, वाणिज्य कार्यालय, धनगढी उपमहानगरपालिकाबाट समेत खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । आवश्यक कारबाही तथा अनुसन्धानका लागि अन्सारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप