आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सनराइज् क्यापिटलको शैक्षिक पहलः नेपालको पुँजी बजारमा युवा सशक्तीकरण

सोमबार, २५ भदौ २०८०, १३ : ५२
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडले हालै स्नातक विद्यार्थीहरूलाई पुँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रम सम्पन्न गरेको छ। 
जसअनुसार धनगढीस्थित एसपीए कलेजमा युवा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा २०० भन्दा बढी उत्साही विद्यार्थी र संकायहरूले भाग लिएका थिए । 

सनराइज क्यापिटल लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङका विभागिय प्रमुख बिनोद आलेले पूँजी बजारका विभिन्न कार्यात्मक पक्षहरू जस्तै डिम्याट खाता र यसको सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, सल्लाहकार सेवा, एसआईपी लगानी र धेरै आधारभूत आवश्यक विषयहरूमा विस्तृत अन्तर्दृष्टि प्रदान गरे ।  

बीटा एनालिटिक्स प्रालिका बिक्रम चित्रकार र सञ्जीव घिमिरेद्वारा आयोजित तथ्यात्मक तथ्याङ्कयुक्त प्रशिक्षण सत्र थप फलदायी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप