आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

होन्डा नेपालले ल्यायो नयाँ होन्डा एलिभेट

सोमबार, २५ भदौ २०८०, १३ : ५६
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । होन्डा नेपालले हालै अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ ।  आधुनिक स्टाइल र  उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ।    
होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले  यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ  ।   यसका अतिरिक्त यस गाडीमा जडान गरिएको  अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ । 

२२० मिलिमिटरको असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै,  एलिभेटले एस यू भी हरुका लागि नयाँ मानक सेट गरेको छ । यसबाहेक, यो गाडीको इन्जिनले १२१ पि एसको प्रभावशाली पावर आउटपुट प्रदान गर्ने कम्पनीको भनाइ छ । 
होन्डा एलिभेट  नेपालभरिका  आधिकारिक होन्डा डिलरशिपहरूमा उपलब्ध हुने जनाइएको  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप