आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

व्यापारिक साझेदारीका लागि नेपालसँग इजिप्टको प्रस्ताव

सोमबार, २५ भदौ २०८०, १५ : ४५
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबाली बीच भेटघाट भएको छ ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत एल्गेबाली बीच शिष्टचार भेटघाट भएको हो । 

भेटमा मन्त्री भुसालले नेपालको उच्च गुणस्तरको चिया, कफी, अलैँची जस्ता उपजहरु इजिप्टका जनतासामु पु¥याउन इच्छुक रहेको बताए । नेपालको कृषि क्षेत्रमा इजिप्टको सहयोग हुने मन्त्री भुसालले आशा व्यक्त गरे ।

रासायनिक मलको उपलब्धतामा सहजीकरण गर्न सकिने बताएका मन्त्री भुसालले नेपालको कृषि प्राविधिकहरुलाई भविष्यमा विभिन्न प्राविधिक विषयमा तालिम तथा अध्ययनको अवसर उपलब्ध गराउन आग्रह गरे ।

भेटमा राजदूत एल्गेबालीले नेपालसँग आफ्नो देशले व्यापारिक साझेदारी गर्न चाहेको बताइन् । साथै नेपालको माग भएमा रासायनिक मल दिन सक्ने जनाइन् । आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहयोग आदानप्रदान गर्दै जानुपर्नेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप