आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ रेकर्ड बनाउँदै जवानले कमायो २ सय ८७ करोड

सोमबार, २५ भदौ २०८०, १६ : ४१
सोमबार, २५ भदौ २०८०

मुम्बई । शाहरुख खान अभिनित चलचित्रले बक्स अफिसमा एकपछि अर्को रेकर्ड तोडिरहेको छ । चलचित्रले आइतबार भारतमा सबै भाषाको संस्करणबाट खुद ८१ करोड भारतीय रुपैयाँ कमाई गरेको स्याकनिल्क डटकमले जनाएको हो ।

व्यापार विज्ञ मनोबाला विजयावालनकाका अनुसार चलचित्रले कूल ८५.१० करोड भारु कमाएको छ । जवानले भारतमा ७५ करोड भारुको ओपनिङ गरेको थियो जसमा हिन्दी भाषाबाट मात्र ६५‍.५ करोड कमाएको थियो । शुक्रबार ५३.२३ करोड कमाएको चलचित्रले शनिबार ७७.८३ करोड कमाएको थियो ।

आइतबार थप ८१ करोड कमाएसँगै चलचित्रको भारतमा मात्रै कूल आम्दानी २ सय ८७ करोड भारु पुगेको छ । स्याकनिल्कको रिपोर्ट अनुसार आइतबार हिन्दी शोमा जवानको अकुपेन्सी ७०.७७ प्रतिशत रहेको थियो भने तमिलमा ५३.७१ र तेलुगुमा ६८.७९ प्रतिशत रहेको थियो । 

मनोबाला विजयावालनका अनुसार भारतमा मात्रै चलचित्रले २८ लाख ७५ हजार ९६१ टिकट बिक्री गरेको थियो (ट्रयाक गरिएको शोअनुसार) । चौथो दिनमा कुन पनि बलिउड चलचित्रका लागि यो रेकर्ड हो । उनका अनुसार विश्वभरबाट जवानले कूल ५ सय करोडको आँकडा पार गरेको छ । एकै वर्षमा यो आँकडा पार गर्ने शाहरुख खान एक्लो कलाकार हुन् ।

एट्ली निर्देशित चलचित्रमा शाहरुखसहित नयनतारा, विजय सेथुपति, सुनिल ग्रोभर, सान्या मलहोत्रा, रिधि दोरालगायतको भूमिका रहेको छ । यसमा दीपिकाको पनि अतिथिका रुपमा भूमिका रहेको छ ।  –हिन्दुस्तान टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप