आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोरक्कोमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुग्यो

सोमबार, २५ भदौ २०८०, १६ : ४९
सोमबार, २५ भदौ २०८०

मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुगेको छ । भूकम्प गएको दुई दिनपछि त्यहाँका उद्धारकर्ताहरु अझै जीवित मानिसको खोजिमा जुटेका छन् । 

उद्धारकर्ताहरु सबैभन्दा प्रभावित क्षेत्रमा पुग्न अझै नसकेको बताइएको छ । भूकम्पका कारण सडक र पुलहरु अवरुद्ध भएका थिए । भूकम्पले बढी प्रभावित भएको सानो शहर अमिज्मिजमा जताततै भूकम्पले प्रभावित भग्नावशेष रहेको बताइएको छ ।

मुख्य सडकको छेउमा रहेको खुला ठाउँमा स्थानीय बासिन्दाहरुलाई विश्राम गर्नको लागि अस्थायी टेन्टहरु राखिएको छ । अहिलेसम्म उनीहरुले पराकम्पको डरका कारण सडकमै रात बिताइरहेका छन् ।

रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ । अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबिया लगायतका देशले पनि सहयोग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप