आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवाह बन्धनमा बाँधिए ‘क्याप्टेन अमेरिका’

सोमबार, २५ भदौ २०८०, १६ : ५४
सोमबार, २५ भदौ २०८०

न्युयोर्क । क्याप्टेन अमेरिकाका रुपमा चर्चित अभिनेता क्रिस इभान्सले आफ्नी लामो समयदेखि प्रेमिका अल्बा ब्याप्टिस्टासँग गोप्य विवाह गरेका छन् ।  अमेरिकी मिडिया पेज सिक्सका अनुसार यी जोडीले शनिबार सेप्टेम्बर ९ मा आफ्नो घरमा गोप्य रूपमा विवाह गरेका हुन् । 

यस समारोहमा उपस्थित हुनुअघि यसको खुलासा नगर्ने पत्रमा सबै अतिथिहरूले हस्ताक्षर गरेका थिए। यससँगै कार्यक्रममा फोन लैजान पनि रोक लगाइएको थियो ।

बोस्टनमा दम्पतीको घरमा भएको विवाहमा परिवारका नजिकका सदस्य र केही साथीहरू मात्र सहभागी थिए। बाहिर आएका केही तस्विरहरूमा ४२ वर्षीय क्रिस र २६ वर्षीय अल्बा मार्भलको चर्चित ‘एभेन्जर्स’ सिरिजका केही कलाकारहरूसँग बसेको देखिन्छ । 

 जेरेमी रेनर, रोबर्ट डाउनी जुनियर र क्रिस हेम्सवर्थ जस्ता कलाकारहरू क्रिससँग सामाजिक सञ्जालमा भाइरल फोटोहरूमा देखिएका छन्। उनीहरु सबै स्थानीय रेस्टुरेन्टमा सँगै खाना खाएको देखिएका थिए ।

अभिनेता क्रिस इभान्सले र अल्बाले नोभेम्बर २०२२ मा एकअर्कालाई डेट गर्न थालेका थिए। नयाँ वर्षको पूर्वसन्ध्यामा दुवैले सामाजिक सञ्जालमा रोमान्टिक भिडियो पनि सेयर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप