आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जब शाहीन अफ्रिदीले जसप्रित बुमराहलाई उपहार दिए

सोमबार, २५ भदौ २०८०, १७ : ३२
सोमबार, २५ भदौ २०८०

कोलम्बो । पाकिस्तानी बलर शाहीन शाह अफ्रिदीले भारतीय बलर जसप्रित बुमराहलाई उपहार दिएका छन्, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वास्तवमा, जसप्रित बुमराह हालसालै पिता बनेका छन् र आइतबार अफ्रिदीले जसप्रितका छोराको लागि उपहार दिएका हुन् ।

यसको भिडियो पाकिस्तानी खेलाडीले एक्स (पहिले ट्विटर) मा सेयर गरेका थिए, जसमा उनले बुमराहलाई छोराको लागि उपहार दिएर बधाई दिइरहेका छन् । आइतबार भारत र पाकिस्तानबीचको सुपर ४ खेल वर्षाका कारण रद्द भएपछि खेलाडी मैदानबाट फर्किँदै गर्दा उनले उपहार दिएका थिए।

यस भिडियोमा अफ्रिदी भन्छन्– ‘धेरै बधाई भाइ, मेरो तर्फबाट एउटा सानो उपहार। अल्लाहले उनलाई खुसी राखून् र उनी नयाँ बुमराह बनून्।’   गत सोमबार जसप्रिम बुमराहले पिता बनेको जानकारी दिँदै भनेका थिए, ‘हाम्रो परिवार बढेको छ । आज बिहान हाम्रा छोरा अंगद जसप्रित बुमराह संसारमा आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप