आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्तिम समयमा गोल खाएपछि म्यानमारसँग हार्‍यो नेपाल

सोमबार, २५ भदौ २०८०, १८ : ३६
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । घरेलु टोली म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोली पराजित भएको छ । सोमबार याङ्गुनमा खेलिएको दोस्रो मैत्रीपूर्ण खेलमा म्यानमारले नेपालमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल पनि निकै प्रतिस्पर्धात्मक थियो । नेपालले खेलको अन्तिम समयमा गोल खाएको थियो । खेलको ८६औँ मिनेटमा म्यानमारका लागि विन लाइङले निर्णायक गोल गरेका थिए । यसअघि गत शुक्रबार खेलिएको पहिलो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा सकिएको थियो । 

नेपालले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको छनोटको प्रारम्भिक चरणको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाली टोलीले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप