आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मलेशिया पठाउँछु’ भनेर ठगेको आरोपमा एकजना पक्राउ

सोमबार, २५ भदौ २०८०, १८ : ५१
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । ‘मलेशिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका–२ घर भएकी तुलसा वाग्ले अधिकारी छिन् । २७ वर्षीय अधिकारी टोखामा बस्दै आएकी छन् ।

उनले खिमलाल बुढा मगर सहित दुई जनालाई ‘मलेशिया पठाउँछु, आकर्षक तलब हुन्छ’ भनेर भनेर ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

उनलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप