आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘क्यानडा पठाउँछु’ भनेर ठगेको आरोपमा युवक पक्राउ

सोमबार, २५ भदौ २०८०, १९ : ०७
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । ‘क्यानडा पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–७ घर भएका सुजन पुरी छन् ।

उनलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित सानटारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

२४ वर्षीय सुजन पुरीले भूमिराज राईलाई क्यानडा पठाउने सपना देखाएर १० लाख ८५ हजार ठगी गरेको आरोप छ । उनलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप