आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

भीमकान्त भण्डारीको मोबाइल परीक्षण गर्न सीआईबीले पठायो फरेन्सिक ल्याबमा

सोमबार, २५ भदौ २०८०, २३ : ०२
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले भीमकान्त भण्डारीलाई ‘बयान कागज’ गराएको छ ।

ब्युरोले भण्डारीको मोबाइल पनि परीक्षण गर्ने भएको छ । बिध ल्याबका सञ्चालक भण्डारीको मोबाइल परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

भण्डारी र सुन तस्करीमा पक्राउ गरिएका तिब्बतीयन मूलका बेल्जियन नागरिक छिरिङसँग सम्पर्क देखिएको छ । उनको मोबाइल प्रहरी प्रधान कार्यालय डीजीटल फरेन्सिक ल्याबमा पठाइएको छ । डिएफएल रिपोर्ट आएपछि तस्करीबारे थप ‘कनेक्सन’ थाहा हुने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीहरुसँग भण्डारीले कोरोना संक्रमण उच्च भएको समयमा चीनबाट सुरक्षा सामग्री ल्याउने प्रसंगमा कुराकानी भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप