आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भन्सार छलेर लुकाएको आठ सय किलो काजु बरामद

सोमबार, २५ भदौ २०८०, २१ : ४७
सोमबार, २५ भदौ २०८०

रौतहट । भन्सार छली घरमा लुकाइ राखेकाे आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेकाे छ । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भ्यिाएर घरमा लुकाएको सूचनाको आधारमा सशस्त्र प्रहरीले आज छापामारी गरी काजु बरामद गरेको हो । 

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार बराबरको काजुलाई आवश्यक कारबाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप