आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

होटलमा जुवातास खेलिरहेका तीन जना पक्राउ

मङ्गलबार, २६ भदौ २०८०, १२ : ५१
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१२ भोटेवहालको एक होटलबाट जुवातास खेलिरहेका ३ जना पक्राउ परेका छन् ।

काठमाडौँ छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका २२ वर्षीय लक्ष्मीराम रोकाया समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप