आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मङ्गलबार, २६ भदौ २०८०, १२ : ५६
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । 

झापाको कनकाई नगरपालिका-८ शीतल चोकमा ग.१ च ३२४८ नम्बरको बोलेरो र प्र.१-०१-०१३ प १४१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई नगरपालिका-४  बस्ने ५४ वर्षीय देबराज सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउलेस्थित सडकमा से.५ प २८०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बैतडी पाटन नगरपालिका-१ बस्ने ५८ वर्षीय खगेन्द्र पन्तको घटनास्थलमै मृत्यु भएको छ । 

त्यस्तै धनुषाको मिथिला नगरपालिका-५ कुसहवा चोकमा प्र.२-०४-००१ प ३२४३ नम्बरको स्कुटरको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको ढल्केबर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप