आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जो जति अन्धराष्ट्रवादी छन्, उनीहरू त्यति नै लोकप्रिय भइरहेका छन्’

मङ्गलबार, २६ भदौ २०८०, १५ : ५२
मङ्गलबार, २६ भदौ २०८०

मुम्बई । भारतका प्रख्यात अभिनेता नसिरुद्दीन शाहले गदर–२ र द काश्मीर फाइल्स जस्ता फिल्महरूको आलोचना गरेका छन् । आफ्नो बयानका कारण चर्चामा रहने  शाहले एक अन्तर्वार्तामा काश्मीर फाइल्स जस्ता फिल्महरू यति लोकप्रिय हुनु निराशाजनक भएको बताएका हुन् ।

फ्रि प्रेस जर्नलको एक अन्तर्वार्तामा उनले भने, ‘आजकल जो जति अन्धराष्ट्रवादी छन्, उनीहरू त्यति नै लोकप्रिय भइरहेको छन् र यो देशमा यस्तै भइरहेको छ । तपाईंले देशलाई माया गर्न पर्याप्त छैन । तर त्यसबारे हल्ला गर्नुपर्छ । तपाईं एक काल्पनिक शत्रु सिर्जना गर्नुहुन्छ । यी व्यक्तिहरूले बुझ्दैनन् कि उनीहरूले जे गरिरहेका छन् त्यो धेरै हानिकारक छ ।’

नसिरका अनुसार उनले केरला स्टोरी र गदर–२ हेरेका छैनन्, तर उनलाई थाहा छ कि यी फिल्महरू के हुन् ।

c62f2f20-513d-11ee-9830-f54fff423e13

उनले भने, ‘यो निराशाजनक छ कि काश्मीर फाइल्स जस्ता फिल्महरू यति लोकप्रिय छन्, जबकि सुधीर मिश्रा, अनुभव सिन्हा र हान्सल मेहता जस्ताका फिल्महरू हरिँदैन । उनीहरू आफ्नो समयको सत्य देखाउन कोसिस गर्दैछन् । यो धेरै महत्त्वपूर्ण छ कि यी फिल्म निर्माताहरूले आफ्नो हृदय नतोडियोस् र तिनीहरूले कथाहरू सुनाउन जारी राखून् ।’

सनी देओलको गदर २ भर्खरै बक्स अफिसमा जबरजस्त प्रदर्शन गर्‍यो । जबकि काश्मीर फाइल्स गत वर्ष रिलिज गरिएको थियो ।

गदर–२ भन्दा काश्मीर फाइलमा धेरै विवाद भएको थियो । विवेक अग्निहोत्रीद्वारा निर्देशित यस फिल्ममाथि तथ्यलाई तोडमोड गरेको आरोप लगाइएको थियो । यो फिल्म प्रोपेगान्डा अन्तर्गत गरिएको पनि आरोप लगाइएको थियो ।

 यद्यपि अर्को वर्गको विश्वास थियो कि यस फिल्मले काश्मीरी पण्डितहरूसँग ९० को दशकमा भएको ज्यादतीलाई प्रतिबिम्बित गर्दछ ।

नसिरुद्दीन शाहले यस अघि केरला स्टोरी फिल्ममा पनि आफ्नो आपत्ति जनाएका थिए । इन्डियन एक्सप्रेससँगको कुराकानीमा उनले चलचित्रबारे टिप्पणी गर्दै भनेका थिए, ‘अवश्य पनि यो एकदम अप्ठ्यारो समय हो । त्यस्ता चीजहरू, जुन विशुद्ध र खुला प्रोपोगाण्डा हुन्, त्यसलाई प्रोत्साहन गरिएको छ । मुसलमानहरूलाई घृणा आजकल एक फेसन भएको छ, शिक्षित मानिसहरू बीच पनि । यो चलाखीपूर्वक सत्ताधारी पार्टीले मानिसको दिमागमा राखेको छ । तपाईं किन सबै कुरामा धर्म ल्याउनुहुन्छ?"

फ्रि प्रेस जर्नललाई आफ्नो भर्खरको अन्तर्वार्तामा उनले बलिउडका फिल्म निर्माणका उद्देश्यहरूको बारेमा पनि टिप्पणी गरे । यसै दौरान उनले काश्मीर फाइल्स, केरला स्टोरी र गदर २ जस्ता फिल्महरू उल्लेख गरे ।

नसिरुद्दीन शाहले भने, सयौँ वर्षपछि मानिसहरूले भीडलाई देख्नेछन् र उनीहरूले गदर-२ पनि देख्नेछन् । उनीहरूले यो पनि देख्नेछन् कि कुन फिल्मले उनीहरूको समयको सत्यता देखाउँदछ । किनभने फिल्म एक मात्र माध्यम हो जसले यो गर्न सक्दछ । यो एकदम डरलाग्दो छ कि फिल्म निर्माताहरूले फिल्महरू बनाइरहेका छन् जसले सबै गलत कुराहरूलाई कदर गर्दछ । यो खतरनाक प्रवृत्ति हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप