आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अल्वानियामा काम लगाइदिने भन्दै ठग्ने २४ वर्षीया युवती पक्राउ

मङ्गलबार, २६ भदौ २०८०, १६ : २७
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा अल्वानिया पठाइदिने भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ०४ स्थायी घर भई हाल सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।  

उनले उत्तम राजवंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिने भन्दै दुई लाख बहत्तर हजार रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो । 

विभागपत्रको आधारमा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चौधरीलाई सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप