आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जेलबाट छुटेपछि एक्स्टर्सनको धन्दा

मङ्गलबार, २६ भदौ २०८०, १८ : २९
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । ज्यान मार्ने धम्की दिई पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय सुरजकुमार श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले काठमाडौँको काँडाघारी स्थित घरजग्गा कारोबार तथा ड्राइभिङ सेन्टर सञ्चालन गर्ने कार्यालयमा राखेर पीडितलाई बोल्न नदिई बोलेमा ज्यान मार्ने धम्कीसमेत दिई कुटपिट गरेर २० लाखको चेक र ८ लाख ५० हजारको कागज गर्न लगाएका थिए । 

पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँ महानगर–३२ बस्ने श्रेष्ठलाई काँडाघारीबाट पक्राउ गरेको थियो ।

श्रेष्ठ यसअघि जबरजस्ती करणी मुद्दामा ५ वर्ष जेल सजाय भुक्तान गरी छुटेका थिए । त्यसयता उनी गुण्डागर्दीमा संलग्न रहँदै आएका थिए । 

उनलाई आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने कसुरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । यस अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको रेग्मीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप