मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने पक्राउ

उपप्रमुख आइन्द्र बेघा भन्छन्–यो राजनीतिक कारण होइन, व्यक्तिगत विवाद हो
मङ्गलबार, २६ भदौ २०८०, २० : ५४
मङ्गलबार, २६ भदौ २०८०

विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण र तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका प्रमुख एसपी विपिन गौतमले घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको बताए । 

‘थप व्यक्तिहरु पनि पक्राउ पर्छन्, अहिले एक जना पक्राउ परेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको छ । राजनीतिक कारण भन्दा विवादको अरू नै कारण रहेको जस्तो देखिएको छ,’ उनले भने ।

आज बेलुका  धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड भएको थियो । जसका कारण घरको झ्यालको सिसा फुटेको बेघाले बताए । उनले राजनीतिक कारणले विवाद नभएको र व्यक्तिगत रहेको बताए । ‘गाउँको वल्लोटोल पल्लोटोलका केटाहरुबीच झगडा भएको हो,’ बेघाले भने, ‘यसमा कुनै राजनीतिक कारण जोडिएको छैन ।’

आक्रमण र झडपमा परी घाइते भएका उपप्रमुख बेघाका कान्छा भाइ विष्णुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी प्रमुख गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप