आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेस्सी बिना नै अर्जेन्टिनाको सहज जीत

बुधबार, २७ भदौ २०८०, ०६ : २७
बुधबार, २७ भदौ २०८०

बोलिभिया । कप्तान लियोनेल मेस्सी बिना पनि अर्जेन्टिनाले विश्वकप छनोट खेलमा बोलिभियामाथि सहज जीत हासिल गरेको छ । मंगलबार भएको खेलमा अर्जेन्टिना ३–० गोलले विजयी भएको हो ।

एन्जो फर्नान्डेजले खेलको ३१ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा रोबर्टो फर्नान्डेजले रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा सीमित बनेको थियो ।

यसको फाइदा उठाउँदै निकोलास टाग्लिफिकोले ४२ औँ मिनेटमा अर्जेन्टिाको अग्रता दोब्बर बनाए । त्यसपछि दोस्रो हाफको अन्त्यतिर निकोलास गोन्जालेजले तेस्रो गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।

सात पटकका बालोन डी’ओर विजेता मेस्सीलाई यो खेलमा आराम दिइएको थियो । गत जुलाईमा डेभिड बेकह्यामको इन्टर मियामीमा आबद्ध भएपछि मेस्सीले लगातार खेलहरू खेलिरहेका छन् । 

पछिल्ला ४८ दिनमा उनले १२ खेल खेलेका छन् । यसअघि विश्वकप छनोट अन्तरगत इक्वेडरविरुद्धको खेलमा उनले विजयी गोल पनि गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप