आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युरो छनोट : युक्रेनलाई हराउँदै इटालीको सम्भावना कायम

बुधबार, २७ भदौ २०८०, ०६ : ३८
बुधबार, २७ भदौ २०८०

रोम । डेभिडे फ्राटेसीको दुई गोलको मद्दतले युक्रेनमाथि महत्त्वपूर्ण जीत हासिल गर्दै इटालीले सन् २०२४ को युरोमा छनोट हुने सम्भावना कायम राखेको छ ।

यसअघि नर्थ म्यासेडोनियासँग १–१ को बराबरी खेलेपछि साबिक विजेता इटाली समूह सीको तेस्रो स्थानमा खस्किएको थियो । मंगलबारको खेलमा भने फ्राटेसीले १२ औँ मिनेटमा नै टोलीलाई अग्रता दिलाए ।

त्यसपछि २९ औँ मिनेटमा उनले इटालीको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर आन्द्रिये यार्मालेङ्कोले युक्रेनका लागि एक गोल फर्काए पनि त्यो पुनरागमनका लागि काफी भएन ।

समूह सीमा इटाली, युक्रेन र नर्थ म्यासेडोनियाँको समान ७–७ अंक रहेको छ । तर, इटालीले एक खेल कम खेलेको छ । इंग्ल्याण्ड १३ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । अङ्कविहीन माल्टा पुछारमा रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप