आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलिङह्यामको गोल वर्षा जारी, इंग्ल्याण्डको ६ सयौँ जीत

बुधबार, २७ भदौ २०८०, १० : २१
बुधबार, २७ भदौ २०८०

ह्यामडेन । जुड बेलिङह्यामले यो सिजन आफ्नो गोलवर्षा जारी राख्दा मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले फर्ममा रहेको स्कटल्याण्डलाई उसैको मैदानमा पराजित गरेको छ । 

घरेलु मैदानमा खेलिएका पछिल्ला २० खेलमा स्कटल्याण्डको यो मात्र दोस्रो पराजय थियो । मंगलबार भएको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी बनेसँगै स्कटल्याण्डको लगातार ६ वटा जीतमा पनि पूर्णविरामसमेत लागेको छ ।

खेलको ३२ औँ मिनेटमा कायल वाकरको पासमा फिल फोडेनले इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । तीन मिनेटपछि नै बेलिङह्यामले टोलीको अग्रता दोब्बर बनाए । 

दोस्रो हाफको ६७ औँ मिनेटमा ह्यारी म्यागवायरले आत्मघाती गोल गरेपछि स्कटल्याण्डका लागि केही आशा पलाएको थियो । तर, ८१ औँ मिनेटमा बेलिङह्यामले कप्तान ह्यारी केनका गोलको अवसर सिर्जना गरेपछि स्कटल्याण्ड खेदमा फर्किने सम्भावना समाप्त भएको थियो ।

सबै प्रतियोगितामा इंग्ल्याण्डको यो ६ सयौँ जीत थियो । अन्तर्राष्ट्रिय फुटबलमा यो कोशेढुंगा हासिल गर्ने इंग्ल्याण्ड पहिलो युरोपियन टोली हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप