मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

बुधबार, २७ भदौ २०८०, १० : ५२
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो मंगलबारको तुलनामा सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।

आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ थियो ।

यसबाहेक, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप