आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अनुसन्धान

६० केजी सुन प्रकरण : अहिलेसम्म ३२ जना पक्राउ, सीआईबीका ४२ जनाले ३५ दिनसम्म गरे अनुसन्धान

बुधबार, २७ भदौ २०८०, ११ : ५६
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । तस्करीको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् । जसमा २३ जना नेपाली र ९ विदेशी छन् । त्यसमध्ये अझै १८ जना फरार छन् । त्यसमा १४ विदेशी ४ नेपाली रहेका छन् । 

बुधबार सीआइबीले गरेको पत्रकार सम्मेलनमा सीआइवीका प्रमुख किरण वज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् । साथै उनले सिआइवीले तयार पारेको प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने जानकारी पनि दिइन् । 

तस्करीको सुन अनुसन्धानमा खासगरी तीन टोली बनाएर अधिकृतहरू खटिएको प्रहरीले जनाएको छ । जसमा फस्ट टेक्निकल टिम, एक्पोर्ट टिम र इन्गेष्टिभ टिम बनाइएको थियो । ती टोलीले दैनिक १८ घण्टासम्म काम गरेको पनि प्रमुख बज्राचार्यले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप