आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

अवैधरुपमा थप ३०२ किलो सुन ल्याएको भेटियो, ३ अर्ब ५० करोड बिगो कायम गर्न माग

बुधबार, २७ भदौ २०८०, ११ : ५६
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । सुन तस्करी गर्न खडा गरिएका कम्पनीहरुले ६० किलो ७१६ ग्रामबाहेक थप ३०२. ०६२ किलो सुन ल्याएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।  सीआईबीले रेडी ट्रेडसहितका ७ कम्पनीविरुद्ध ३ अर्ब ५० करोड दुई लाख सोह हजार पाँच सय बउन्न रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न राय दिएको छ ।

सीआईबीले भनेको छ, ‘हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा बिदेशी नागरिकहरू पक्राउ परेका र रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठरी गरेको जम्मा वरामद ६०.७१६ किलो र सुन निकाली पुनः प्याकिङ गरिएको अवस्थामा वरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मुल्य रू ३,५०,०२,१६,५५२ (तीन अर्ब पचास करोड, दुई लाख सोह हजार पाँच सय वाउन्न) बराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको छ।’

सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गर्दैछ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।  विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब ६० किलो अवैध सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो । 

सो कम्पनीका मालिक काठमाडौँमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेलको नाममा दर्ता भएको खुलेको थियो । कम्पनी उनको नाममा दर्ता भएपनि असली मालिक भने अरु नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

 प्रहरीले यो प्रकणमा ३२ जना पक्राउ गरेको जनाएको छ भने अन्य १८ जना अझै फरार रहेका छन् ।

यसअघि समाचारमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप