आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरण : फरार खोज्न ‘पर्पल नोटिस’

बुधबार, २७ भदौ २०८०, १२ : ३८
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधिहरु अबलम्बन भएको जनाएको छ । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी यज्ञविनोद पोखरेलले फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको बताए । 

उनले अनुसन्धानका क्रममा थप विवरण खुलेको खण्डमा पुरक मुद्दा पनि लैजान सकिने बताए । सीआईबीले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा १८ फरारसहित ५० जनालाई प्रतिवादी बनाउन जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप