आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन तस्करीमा भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ

बुधबार, २७ भदौ २०८०, १२ : ५१
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ परेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमात्रै ८ जना पक्राउ परेका छन् । 

यसैगरी भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक १ जना, कम्पनी खोल्ने १ जना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन् । यी सबैगरी ३२ जना पक्राउ परेको र अन्य १८ जना फरार रहेको प्रहरीले जनाएको छ । 

सीआईबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधिहरु अबलम्बन भएको जनाएको छ ।  पत्रकार सम्मेलनमा डीआईजी यज्ञविनोद पोखरेलले फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको बताए । 

उनले अनुसन्धानका क्रममा थप विवरण खुलेको खण्डमा पुरक मुद्दा पनि लैजान सकिने बताए । सीआईबीले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा १८ फरारसहित ५० जनालाई प्रतिवादी बनाउन जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप