आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुनमा रुक्मिना सुब्बासहित ६ जनालाई प्रतिवादी नबनाउन सीआईबीको राय

बुधबार, २७ भदौ २०८०, १४ : ५१
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । सुन प्रकरणमा रुक्मिना सुब्बासहित ६ जनालाई प्रतिवादी कायम नगर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राय दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउँदै ब्युरोले तस्करीमा संलग्न नदेखिएका ६ जनालाई प्रतिवादी नगर्न राय दिएको हो ।

रुक्मिना सुब्बा भन्सार एजेन्ट हुन् । राजस्व अनुसन्धान विभागले पक्रेर सुब्बालाई अनुसन्धान सुरु गरेको थियो । तर, उच्च अदालत पाटनको आदेशमा उनी साउन १० मा रिहा भएकी थिइन् । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन सहित पक्राउ परेका ट्याक्सि चालक अशोक लामालाई पनि प्रतिवादी कायम नगर्न प्रहरीले सिफारिस गरेको छ । बा.२ च २३२४ नम्बरको ट्याक्सिबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो ।

कोटेश्वरबाट पक्राउ गरिएका राजन श्रेष्ठ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङलाई प्रतिवादी कायम गर्न नहुने सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा राय दिएको छ । नक्सालबाट पक्राउ गरिएको नरेश भन्ने सुरेन्द्रले सुन तस्करलाई गोदाम खोजिदिएको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिवादी कायम नगर्न सिफारिस गरिएका ६ जनामध्ये ५ जना थुनामा छन् । रुक्मिना मात्रै थुना बाहिर छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप