आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१४ वर्षको उमेरमा विवाह : फिल्ममा अत्यधिक चर्चित, ३५ वर्षमा आत्महत्या, मृत्यु बन्यो रहस्य

बुधबार, २७ भदौ २०८०, १४ : ५८
बुधबार, २७ भदौ २०८०

फिल्मी दुनियाँको चकाचौँध पछाडि थुप्रै कहानी लुकेका छन् । यहाँ पर्दामा हाँसिरहेको, खेलिरहेको देखिनेहरुकोे मनमा कति पीडा लुकेको हुन्छ, कसैलाई थाहा हुँदैन । साउथ सिनेमाको दुनियाँमा एक अभिनेत्रीले धेरै नाम कमाइन् तर उनको निजी जीवन भने निकै पीडादायी रह्यो । फिल्मी दुनियाँमा असाध्यै चर्चा कमाइन् तर वास्तविक जीवनमा उनले साँचो माया पाउन सकिनन् । चर्चा पाएपनि उनले आफ्नो जीवन लीला भने छिटै समाप्त गरिन् । 

silk-smithaफोटो देखेपछि यहाँ कसको कुरा भइरहेको छ भनेर थाहा पाउनुभयो होला । उनी हुन् साउथकी चर्चित अभिनेत्री सिल्क स्मिता । दक्षिण भारतीय फिल्ममा उनले खुब नाम कमाइन् । उनको उपस्थिति नै फिल्म सफल हुन्छ भन्ने ग्यारेन्टी थियो । आफ्नो १७ वर्षको करियरमा उनले असाध्यै चर्चा कमाइन् तर उनको अन्त्य दुःखद रह्यो । 

smitaसिल्कको जन्म २ डिसेम्बर सन् १९६० मा भएको थियो । उनको वास्तविक नाम विजयलक्ष्मी थियो । फिल्ममा आएपछि उनले सिल्क नाम पाइन् ।

सिल्कको पारिवारिक स्थिति खासै राम्रो थिएन । त्यसैले उनले सानैमा आफ्नो पढाई छोड्नुपर्‍यो । जानकारीका अनुसार सिल्क १४ वर्षको हुँदा उनको विवाह गरिएको थियो । यहाँबाट उनको जीवनको नयाँ अध्याय सुरु भयो जुन निकै पीडादायी रह्यो । घरका सदस्यको उनीप्रति व्यवहार खासै राम्रो थिएन । विवाह गरेको केही वर्षपछि उनी घर छोडेर भागिन् ।

smita1पारिवारिक समस्यापछि अब उनका लागि जीवन बनाउने सङ्घर्ष सुरु भयो । सिल्क आफ्नो एक आफन्तको घरमा बसेकी थिइन् । उनी एक मेकअप आर्टिस्ट थिइन् । सिल्क उनीसँगै फिल्मको सेटमा जान सुरु गरिन् र मेकअप सिकिन् । त्यसपछि उनी पनि मेकअप आर्टिस्टको रूपमा काम गर्न थालिन् । फिल्म निर्देशक एन्थोनी इस्टम्यानले उनलाई आफ्नो फिल्ममा काम गर्ने मौका दिए र यो उनका लागि कोशेढुङ्गा साबित भयो । त्यसपछि तमिल निर्देशक विनु चक्रवर्तीले उनलाई ठुलो ब्रेक दिए । त्यसपछि अभिनय, नृत्य र अङ्ग्रेजी सिक्ने व्यवस्था पनि गराए ।

smita2सिल्कको करियर ग्राफ बिस्तारै बढ्दै थियो । साना फिल्मपछि उनी ठुला फिल्ममा देखिन थालिन् । सिल्कले तमिल, मलयालम, तेलुगु, हिन्दी सबै भाषामा काम गरिन् । उनले मोहनलालदेखि कमल हसनसम्म काम गरिन् । आफ्ना अभिनय क्षमताले सिल्कले यस्तो जादु छरिन् कि निर्माता निर्देशक आफ्नो फिल्मलाई चलाउनका लागि उनको एउटा भए पनि आइटम डान्स राख्ने गर्दथे । 

smita4सिल्कले एकातिर निकै चर्चा कमाइरहेकी थिइन् भने अर्कोतर्फ उनी आफ्नो निजी जीवनमा खासै खुसी थिइनन् । फिल्मी दुनियाँमा हुँदा उनी प्रेम सम्बन्धमा पनि परिन् तर त्यो प्रेम कहिल्यै पूरा हुन सकेन । उनले एक डाक्टरसँग दोस्रो विवाह गरेको बताइन्छ तर उनले सिल्कको कमाई फिल्म निर्माणमा लगाएको र लगानी डुबेको जानकारीमा उल्लेख छ । सिल्क निजी जीवनमा निकै तनावमा हुन थालेकी थिइन् । सिल्कले आफ्नी एक साथीलाई आत्महत्या गर्नु एक दिन अघि बोलाएकी थिइन् तर उनी सिल्क भए ठाउँ पुग्दा सबै कुरा समाप्त भइसकेको थियो । २३ सेप्टेम्बर सन् १९९६ मा सिल्कले आत्महत्या गरिन् । उनको निधन भएको केही महिनापछि उनको शरीरमा अत्यधिक रक्सी भेटिएको जानकारी दिइयो ।  घटनास्थलबाट प्रहरीले एउटा सुसाइड नोट पनि पाएका थिए जसलाई बुझ्न नसकिएको बताइन्छ । त्यसैले उनको मृत्यु आजसम्म पनि रहस्य नै छ । 

silk smita३५ वर्षभन्दा कम उमेरमा सिल्कले आत्महत्या गरेकी थिइन् । सिल्कले सबै कुरा पाइन् तर उनले चाहेको माया कहिल्यै पाइनन् । सिल्कको जीवनमा २ डिसेम्बर सन् २०११ मा मिलन लुथारियाले फिल्म ‘डर्टी पिक्चर’ ल्याए । फिल्ममा विद्या बालनले सिल्कको भूमिका निभाएकी थिइन् । फिल्मलाई दर्शकले असाध्यै मन पराए र १८ करोडमा बनेको फिल्मले ११५ करोडभन्दा बढीको व्यापार गरेको थियो । ५९ औँ नेशनल अवार्डमा फिल्मका लागि विद्या बालनले उत्कृष्ट नायिकाको अवार्ड पाएकी थिइन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप