आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन तस्करीमा दावा पत्नी अमला रोका प्रतिवादी

४४ जनालाई प्रतिवादी कायम गर्न राय
बुधबार, २७ भदौ २०८०, १५ : ३७
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । सुन तस्करीमा रोल्पा घर भएकी अमला रोकालाई प्रतिवादी कायम गरिएको छ । हङकङबाट काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा रोका संलग्न देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

सीआईबीले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनमा १८ जनालाई फरार प्रतिवादी कायम गर्न जिल्ला सरकारी वकिल कार्यालयमा राय दिएको छ । अमला ठमेल स्थित ‘होटल भियना’को सञ्चालिका हुन् ।

 

तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङसँग विवाह गरेकी अमला पतिकै कारण सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । दावा अहिले सुन प्रकरणमा थुनामा छन् ।

अमला माओवादी केन्द्र निकट रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष पनि हुन् । प्रहरीले १८ जना फरार र थुनामा रहेका ३२ जना मध्ये २६ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप