आईएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर
बुधबार, २७ भदौ २०८०, १९ : ०३
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर : सेयर द जोय’ नामक अफर सार्वजनिक गरेको छ।
भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आईएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ । सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृष्ट( रोमाञ्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई ह्युमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरूप प्रदान गरिने छ ।