आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भियतनाम : आगलागीमा ५६ जनाको मृत्यु भएको प्रहरीद्वारा पुष्टि

बुधबार, २७ भदौ २०८०, २२ : ४२
बुधबार, २७ भदौ २०८०

हनोई । भियतनामको राजधानी हनोईस्थित एक आवासीय भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ ।

भियतनामको २० वर्षयताकै सबैभन्दा घातक आगलागी स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि १० तले भवनको पार्किङ फ्लोरमा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

हनोई प्रहरीविभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।” मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

आगो नियन्त्रण सम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा अपार्टमेन्टका मालिकलाई पक्राउ गरिएको हनोई प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप