आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मात्र ६ खेलपछि फर्नान्डो सान्तोस बर्खास्त

बिहीबार, २८ भदौ २०८०, ११ : ३०
बिहीबार, २८ भदौ २०८०

वारस । नेतृत्व सम्हालेको एक वर्षभन्दा कम समयमा नै पोल्याण्डले फर्नान्डो सान्तोसलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । उनको नेतृत्वमा पोल्याण्डले मात्र ६ खेल खेल्यो ।

आइतबार पोल्याण्ड अल्बानियासँग २–० को पराजित भएको थियो । पछिल्ला पाँच प्रतिस्पर्धात्मक खेलमा तेस्रो पराजय थियो । युरो २०२४ को छनोटको समूह ई मा पोल्याण्ड चौथो स्थानमा खस्किएको छ ।

६८ वर्षीय सान्तोसले यसअघि पोर्चुगलको म्यानेजर पद सम्हालेका थिए । उनैको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरो कप तथा सन् २०१८–१९ को नेसन्स लिगको उपाधि जितेको थियो । सन् २०२२ को विश्वकपपछि उनले पदबाट राजीनामा दिएका थिए ।

पोल्याण्डले आगामी अक्टोबरमा फारो आइल्याण्डसँग अर्को युरो कप छनोट खेल्नेछ । गत जुनमा जर्मनीलाई मैत्रीपूर्ण खेलमा हराउनु नै सान्तोसको पोल्याण्डसँगको करियरको हाइलाइट रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप