छोराहरु मिङ्सो र सुहाङले दिए नेम्वाङलाई दागबत्ती
बिहीबार, २८ भदौ २०८०, १३ : १९
काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।
बिहीबार पशुपति आर्यघाटमा उनीहरुले दिवंगत पिता नेम्वाङलाई दागबत्ती दिएका हुन् ।
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको मंगलबार हृदयाघात भई निधन भएको थियो ।