मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुतली बगैचामा संसद भवन बनाउन मुख्यसचिव रेग्मीको संयोजनमा छलफल

सोमबार, १२ चैत २०७४, १९ : ४७
सोमबार, १२ चैत २०७४

काठमााडौं– सिंहदरबारस्थित पुतली बगैंचामा नयाँ संसद भवन बनाउने बिषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजनमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव, अर्थमन्त्रालयका सचिवबिच छलफल भएको हो ।

 छलफलका क्रममा अगामी दुईबर्षभित्र कसरी संसद भवन निर्माणलाई पूर्णता दिने भन्ने बिषयमा छलफल भएको शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले रातोपाटीलाई जानकारी दिए । यसअघि ६ सय १ सांसद हुँदाको छुट्टै मास्टरप्लान बनेपनि अब छुट्टै योजना बनाएर अघि बढ्ने निर्णय भएको छ । छलफलका क्रममा पुतली बगैचामा रहेका सेनाका संरचनाहरुलाई ब्यवस्थापन गर्ने बारे पनि छलफल भएको सचिव शर्माले जानकारी दिए । 

संसद भवन निर्माणका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराउने, सेनाका संरचनालाई पुतली बगैंचाको उत्तर पश्चिममा सार्ने बारेमा छलफल भएको छ । छलफलमा सहभागीहरुले संसद भवन बनाउने क्षेत्रको स्थललगत निरीक्षण समेत गरेका छन् । मुख्यसचिव रेग्मीको संयोजनमा संसद भवन बनाउने बिषयमा नियमित रुपमा छलफल हुने गरेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप