आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
न्याय परिषद् बैठक

उच्च अदालतमा २७ जना न्यायाधीशको नियुक्ति सिफारिस (सूचीसहित)

शुक्रबार, २९ भदौ २०८०, २३ : ११
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो । 

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ । 

सिफारिस भएकाहरुको नाम भने हालसम्म सार्वजनिक भएको छैन ।  न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

123
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप