सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा

शुक्रबार, २९ भदौ २०८०, १६ : २४
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङ्झाओमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि नेपाली टोलीको घोषणा गरेको छ । एसियाली खेलकुदको १९ औँ संस्करण असोज ६ गतेदेखि २१ गतेसम्म आयोजना हुँदैछ ।

 प्रतियोगिताका लागि शुक्रबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय पुरुष क्रिकेट टोलीको घोषणा गरेको हो । घोषित टोलीमा करण केसी, प्रतिस जीसी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल र गुलसन झा रहेका छन् ।

यसैगरी क्यानले सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादब, अविनाष बोहरा र सन्दीप लामिछानेलाई पनि एसियाली खेलकुदका लागि घोषित टोलीमा समावेश गरेको छ । 

विश्वका ४५ देशको सहभागिता रहने एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ पुरूष गरी कुल दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप