आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हतोत्साहित बनायो : अध्यक्ष अग्रवाल

शुक्रबार, २९ भदौ २०८०, २० : ४४
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हतोत्साहित बनाएको बताएका छन् । 

शुक्रबार परिसंघले आयोजना गरेको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायी दुःखी बनाएको बताए । उनले सरकारको नीति व्यवसायलाई सहजीकरण पर्नेमा नियन्त्रण गर्ने खालको रहेको बताए । उनले कसैले निवेदन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको गुनासो गरे । 

अध्यक्ष अग्रवाले पछिल्लो समय सरकारको कानुनी व्यवहारको कारण लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको बताए । उनले आम सर्वसाधारण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको बताए । उनले व्यवसायीहरु अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रुप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यवस्थित गरी जमानतमा बस्न पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताए । उनले सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा रहेको भन्दै उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्न नहुने बताए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप