आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाम्पाले खराब बलिङको रेकर्ड बनाउँदा दक्षिण अफ्रिकाको शानदार जीत

शनिबार, ३० भदौ २०८०, ०६ : २६
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकासँग १६४ रनको भारी अन्तर पराजित हुँदा अस्ट्रेलियाका एडम जाम्पाले संयुक्त रूपमा सबैभन्दा खराब बलिङको रेकर्ड बनाएका छन् ।

लेग-स्पिनर जाम्पाले आफ्नो १० ओभरमा कुनै पनि विकेट नलिई ११३ रन खर्चेका थिए ।  जाम्पाले सन् २००६ मा अस्ट्रेलियाकै मार्क लुइसले बनाएको सबैभन्दा खराब बलिङको रेकर्ड बराबर गरेका हुन् ।

उनले अन्तिम ओभरमा २६ रन खर्चिए, जसमा क्लासेनले तीन छक्का र डेभिड मिलरले पनि चौका प्रहार गरे । जाम्पाको अन्तिम दुई ओभरमा दक्षिण अफ्रिकाले ४४ रन जोडेको थियो।

दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध  ५ विकेटको क्षतिमा ४१६ रन बनाएको थियो। एक दिवसीयमा उसको यो दोस्रो उच्च स्कोर हो ।  विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनले ८३ बलमा सर्वाधिक १७४ रन बनाए । जवाफमा एलेक्स केरीले ९९ रन बनाए पनि अस्ट्रेलियाले २ सय ५२ रन मात्रै बनाउन सक्यो ।

आइतबार जोहानेसबर्गमा हुने फाइनल खेलअघि दक्षिण अफ्रिकाले पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप