मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशमा जसपाको साङ्गठनिक कार्ययोजना सार्वजनिक

शनिबार, ३० भदौ २०८०, ०७ : २२
शनिबार, ३० भदौ २०८०

मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशस्तरीय विस्तारित बैठकले प्रदेश समितिदेखि पालिका समितिको बैठक र गठन पुनर्गठनको कार्ययोजना सार्वजनिक गरेको छ ।

जसअनुसार प्रदेश समिति र प्रदेश अन्तर्गत रहेका पहिचानका चार वटै राष्ट्रिय समितिहरूले आ–आफ्नो समितिहरूको असोज ५ गतेभित्र सम्बन्धित इन्चार्जहरूको सहरीकरणमा बैठक बस्नुपर्ने भनिएको छ ।  सोही बैठकबाट प्रदेश समिति र चार वटै राष्ट्रिय समितिहरूको रूपान्तरण र पुनर्गठन हुने बताइएको छ । 

पुनर्गठित प्रदेश समिति र चार वटै राष्ट्रिय समितिका पदाधिकारी र सदस्यहरूलाई पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि नगरपालिका र गाउँपालिकाहरूमा खटाउने निर्णय गरिएको छ ।

कोशी प्रदेशका १४ वटा जिल्ला समन्वय समितिहरूको असोज १० गतेभित्र बैठक आयोजना गरी सक्ने र सोही बैठकबाट जिल्ला समन्वय समितिहरूलाई विधानअनुरूप जिल्ला समितिमा रूपान्तरण पुनर्गठन गर्ने निर्णय भएको छ । पुनर्गठित र रूपान्तरित जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूलाई गाउँपालिका, नगरपालिकाहरूमा अभियानका लागि खटाउने निर्णय भएको छ ।

त्यस्तै गाउँपालिका समिति र नगरपालिका समितिहरूको असोज २० गते भित्र बैठक आयोजना गर्ने तथा बैठकहरूमा सम्बन्धित गाउँपालिका समिति र नगरपालिका समितिमा खटी जाने केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रदेश समितिका पदाधिकारी र सदस्यहरू, राष्ट्रिय समितिका पदाधिकारी र सदस्यहरू तथा जिल्ला समितिका पदाधिकारी र सदस्यहरूलाई अनिवार्य निमन्त्रणा गर्नुपर्ने छ । सोही बैठकबाट गाउँपालिका तथा नगरपालिका समितिहरूलाई पुनर्गठन गर्नु पर्नेछ ।

गाउँपालिका–नगरपालिकाभित्र सञ्चालन हुने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको विस्तृत कार्य योजना तयार गरी कार्यान्वयनको कार्ययोजना बनाउने र कार्यान्वयन गर्ने समेत निर्णय भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप