आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्तर प्रदेशमा सडक दुर्घटना : ७ जनाको मृत्यु

शनिबार, ३० भदौ २०८०, १३ : १४
शनिबार, ३० भदौ २०८०

उत्तर प्रदेश । उत्तर प्रदेशको मथुरामा दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । राज्यको रायबरेलीमा आजै भएको अर्को सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । 

दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा  द्रुत गतिमा हुइँकिएको कारले रोकेर राखेको ट्रकलाई ठक्कर दिँदा कारमा रहेका तीन जना र ट्रक चालकको घटनास्थलमा ज्यान गएको प्रहरी अधिकृत मार्तण्डप्रकाश सिंहले बताएका छन् । आफूले रोकेको ट्रकको अवस्थिति निरीक्षण गरिरहेका ट्रक चालकलाई विपरीत दिशाबाट

आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै ज्यान गएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । राज्यको अलिगढबाट मथुरा नजिकैको कोकिलावन धाम शनि मन्दिरतर्फ गइरहेका उनीहरू अलिगढका बासिन्दा हुन् भने ट्रक चालक बिहारको छपराका निवासी हुन् । 

प्रहरीका अनुसार रायबरेलीमा भएको दुर्घटनाग्रस्त कारमा पाँच जना सवार थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुई जना बालबालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उक्त कारमा दुई जना पुरुष र एक महिला थिए । दुवै दुर्घटनाको अनुसन्धान भइरहेको छ । 

मुठभेडमा एक आतङ्कवादीकाे मृत्यु

यसैबीच, भारत प्रशासित जम्मु– कश्मीरको बारामुल्ला जिल्लाको उरीमा शनिबार बिहान सुरक्षाफौज र आतङ्कवादीबीच भएको मुठभेडमा एक जना आतङ्कवादी मारिएको छ । भारतीय सेनाले जम्मु –कश्मीर प्रहरीका साथ अनन्तनाग जिल्लाको कोकरनाग क्षेत्रको गडोल वन क्षेत्रमा विगत चार दिनदेखि सुरक्षा कारबाही गरिरहेको जनाएको छ । 

अनन्तनाग ‘अपरेशन’का क्रमा बिहीबारदेखि बेपत्ता भएका एक जना सिपाहीको शव शुक्रबार फेला परेको तथा अर्को एक जनाले देशका लागि प्राण उत्सर्ग गरेको सेनाले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप