आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् आईईसी डिजाइनर रनवे
फेसन रनवे

तस्बिरमा हेर्नुहोस् आईईसी डिजाइनर रनवे

शनिबार, ३० भदौ २०८०

काठमाडौँ । फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले ‘आईईसी डिजाइनर रनवे १२’ नामक फेसन सो शुक्रबार आयोजना गरिएको छ । आईईसी कलेजले आयोजना गर्न लागेको फेसन शोमा २७ नेपाली तथा ६ अन्तर्राष्ट्रिय मोडलले र्‍याम्पमा फेसनमा नयाँ डिजाइन प्रस्तुत गरेका छन् ।

दरबार मार्गस्थित याक एण्ड यती होटलमा आयोजना भएको फेसन शोमा ५१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन र्‍याम्पमा प्रस्तुत गरेका छन् । फेसन डिजाइनर नै आईईसी कलेजका २० औँ ब्याजका पास आउट विद्यार्थी हुन् ।

११ सिक्वेलमा मोडलले फेसन प्रस्तुत गर्ने शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले लिएको थियो । फेसन शोका लागि भारतबाट कोरियोग्राफार यतिन नरेन्द्र गान्धी सहभागी भएका थिए भने अस्मी श्रेष्ठ, नम्रता श्रेष्ठ लगायत सहभागी बनेका थिए । । 

नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पर्‍याउने उद्देश्यले विगत लामो समयदेखि ‘आईईसी डिजाइनर रनवे’ आयोजना हुँदै आएको आयोजक कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया