आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्लभ सुनौलो रङको कछुवासहित छ जना पक्राउ

शनिबार, ३० भदौ २०८०, १७ : ११
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । काठमाडौँको टोखाबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । टोखा नगरपालिका-५ स्थित सुनकोशी क्याफेबाट उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रे पनौती नगरपालिका-१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका-८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका-४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका-२ पातले गाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएका ३८ वर्षीय राजकुमार राई रहेका छन् । 

टोखा नगरपालिका-५ स्थितमा अवैध रूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त कछुवासहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप