आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेस्सीबिनाको खेलमा मियामीको नमिठो हार

आइतबार, ३१ भदौ २०८०, ०९ : १४
आइतबार, ३१ भदौ २०८०

एटलान्टा । स्टार खेलाडी लियोनेल मेस्सी बिना मैदानमा उत्रेको इन्टर मियामी एटलान्टा युनाइटेडसँग लज्जास्पद हार बेहोर्न बाध्य भएको छ । शनिबार भएको एमएलएस अन्तरगतको खेलमा मियामी २–५ गोलले हा-यो ।

खेलको २५ औँ मिनेटमा लियोनार्डो क्याम्पानाले मियामीलाई अग्रता दिलाएका थिए । तर, ट्रिस्टन मुयुम्बाले ३६ औँ मिनेटमा खेल बराबरी गरे । ५ मिनेटपछि कमाल मिलरले आत्मघाती गोल गरेपछि एटलान्टाले खेलमा अग्रता लियो । पहिलो हाफको अन्त्यमा ब्रुक्स लेननले अर्को गोल थप्दै एटलान्टाको अग्रता फराकिलो बनाए ।

दोस्रो हाफको ५३ औँ मिनेटमा क्याम्पनाले पेनाल्टीबाट गोल गर्दै मियामीलाई खेलमा फर्काउने प्रयास गरे । तर, जर्जोस जियाकोमाकिस र टाइलर वुल्फले एक–एक गोल थप्दै एटलान्टालाई शानदार जीत दिलाए । पराजयसँगै मियामी एमएलएसको १४ औँ स्थानमा सीमित रहेको छ । एटलान्टा छैटौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप