आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेटिसमाथि बार्साको गोल वर्षा

आइतबार, ३१ भदौ २०८०, ०९ : १८
आइतबार, ३१ भदौ २०८०

क्याम्प नाउ । साबिक विजेता बार्सिलोनाले रियल बेटिसमाथि ५–० को शानदार जीत हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । बार्साले ला लिगाको कुनै पनि खेलमा पाँच गोल गरेको सन् २०२१ को अप्रिलपछि पहिलो पटक हो ।

जोआओ फेलिक्सले २५ औँ मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । एट्लेटिको मड्रिडबाट यो सिजन बार्सा आएका उनको क्लबका लागि यो पहिलो गोल थियो । ३२ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा फेरान टोरेस, राफिना र जोआ क्यानसेलोले एक–एक गोल थपे । खेलमा बार्सिलोनाले ६६ प्रतिशत नियन्त्रण राखेको थियो । बेटिसका लागि विलियन जोसेले गोलको अवसर पाए पनि त्यसलाई बार्साका गोल किपर मार्क आन्द्रे टेर स्टेगनले सुन्दर बचाउ गरेका थिए ।

५ खेलबाट बार्सिलोनाको १३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको रियलले एक खेल कम खेलेको छ । उसको १२ अंक रहेको छ । रियलले आइतबार रियल सोसिडाडको सामना गर्नेछ ।

अन्य खेलमा एथ्लेटिक बिल्बाओले क्याडिजलाई ३–० गोलले हरायो भने एट्लेटिको मड्रिड भ्यालेन्सियासँग समान गोलअन्तरले पराजित भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप