आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५ सय करोडको दौडमा जवान, विश्वभर १ हजार करोड भारु कमाउने अपेक्षा

आइतबार, ३१ भदौ २०८०, ११ : ०५
आइतबार, ३१ भदौ २०८०

मुम्बई । शाहरुख खान अभिनीत ‘जवान’ले घरेलु बक्स अफिसमा आफ्नो शानदार प्रर्दशन कायम राखेको छ । पहिलो हप्ता बक्स अफिसमा एकछत्र राज गरेको चलचित्रको दोस्रो हप्ताको अन्त्यमा अझै क्रेज घटेको छैन ।

स्याकनिल्कको रिपोर्ट अनुसार दोस्रो शनिबार चलचित्रले ३१.५० करोड भारु आम्दानी गरेको छ । योसँगै चलचित्रले घरेलु बक्स अफिसमा खुद ४४०.४८ करोड भारु कमाइसकेको छ ।

एट्ली निर्देशित चलचित्रले अब चाँडै ५ सय करोड क्लबमा प्रवेश गर्ने देखिएको छ । जवानले शनिबार हिन्दी बजारमा ३७.२९ प्रतिशत अकुपेन्सी पाएको थियो । धेरै दर्शक रात्रिकालीन शोमा चलचित्र हेर्न गएका थिए ।

तमिल र तेलुगुमा यो दर क्रमशः ३.५१ र २९.४० प्रतिशत रहेको थियो । चलचित्र निर्माता कम्पनी रेड चिलिज इन्टरटेनमेन्टका अनुसार जवानले विश्वभरबाट ७३५.०२ करोड भारु कमाएको छ । आगामी हप्ता चलचित्रले १ हजार करोडको आँकडा पार गर्ने कम्पनीको अपेक्षा रहेको छ ।

यदि घरेलु बजारमा जवानले ५ सय करोड भारु आम्दानी गर्‍यो भने यो वर्ष यो कोशेढुंगा पार पर्ने यो तेस्रो चलचित्र हुनेछ । बलिउडमा अहिलेसम्म यस्तो कहिले पनि भएको थिएन । 

शाहरुखकै पठानले ५४३.०५ करोड भारु कमाएको थियो भने त्यसपछि रिलिज भएको सनी देओलको गदर–२ ले ५१७.२८ कमाएको थियो ।

यी तीन चलचित्र बाहेक कुनै पनि हिन्दी चलचित्रले आजसम्म घरेलु बक्स अफिसमा ४ सय करोड भारुको कोशेढुंगा पार गरेको थिएन ।  यसअघि दंगलले ३८७.३८ करोड भारु कमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप