मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

आइतबार, ३१ भदौ २०८०, १३ : ४३
आइतबार, ३१ भदौ २०८०

इनरुवा । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए ।

यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो । विश्वकर्मा पूजालाई लक्ष्य गरेर स्थानीय मूर्तिकारले हजारौं  मूर्ति निर्माण गर्ने गरेको इनरुवा–८ का मूर्तिकार रामलखन मण्डलले बताए । यहाँ रु दुई हजारदेखि पाँच हजारसम्मको कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरिएको मूर्तिकार मनोज मेहताले बताए ।

इनरुवा–८ का रामलखन मण्डलले एक्लै ५० वटा विश्वकर्माको मूर्ति निर्माण गरेका र  तयार भएका मूर्तिमध्ये अधिकांश  बिक्री भइसकेका छन् । सुनसरीमा १० हजारको सङ्ख्यामा विश्वकर्माको मूर्ति खरिद बिक्री हुने गरेको छ । मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताए । 

यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दनी गर्दै आएका छन् । यसरी मूर्तिकारले कामलाई संरक्षण गर्नसके मूर्तिको उचित मूल्य पाउन सकिने भएकाले  सरकारलेसमेत मूर्तिकारलाई समयसमयमा तालिम प्रदान गरी प्रोत्साहन गर्न जरुरी रहेको सरोकारवाला बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप