आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माइक्रो बसले अटो रिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु

आइतबार, ३१ भदौ २०८०, १५ : ४५
आइतबार, ३१ भदौ २०८०

बुटवल । दाङमाको  तुलसीपुरमा माइक्रो बसले अटो रिक्सालाई ठक्कर  एक जनाको मृत्यु भएको छ । 

नेपालगन्जबाट रुकुमतर्फ जाँदै गरेको लु २ ख ५९१८ नम्बरको माइक्रो बसले रा १ ह ४४५९ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार तुलसीपुर उपमहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आज बिहान ठक्करबाट गम्भीर  घाइते भएका भण्डारीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको  हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोखरेलले  दुर्घटनामा अटो चालकसहित अन्य चार जना बालिका घाइते भएको जानकारी दिए । 

 घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप