मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भत्ता वृद्धिसहित यस्ता छन् कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका निर्णय

आइतबार, ३१ भदौ २०८०, १९ : ०१
आइतबार, ३१ भदौ २०८०

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले  प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरुको आर्थिक वर्ष २०८०÷८१ को अस्थायी सङ्गठन संरचनाका दरबन्दीहरु स्वीकृत गर्ने निर्णय गरेको छ । 

बैठकले संघीय सरकारको वन मन्त्रालय अन्तर्गतका कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टरहरु (खरिदार सरह) लाई संघीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोशी प्रदेश सरकार तयार रहेको जानकारी सङ्घीय सरकार गराउने निर्णय गरेको छ । 

प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रतिदिन एक सयको दरले दिँदै आएको खाजा भत्ता विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दरले दिने निर्णय गरेको पनि मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप