आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक टन लागुऔषध गाँजासहित २ जना पक्राउ

आइतबार, ३१ भदौ २०८०, १९ : ०४
आइतबार, ३१ भदौ २०८०

मकवानपुर । हेटौंडाबाट करिब एक टन लागुऔषध गाँजासहित २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरले आइतबार हेटौंडा–१० बसपार्कबाट ९१९ किलो ३२४ ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले आइतबार बिहान ४ः३० मिनेटको समयमा बसपार्कबाट सो परिमाणको लागुऔषध गाँजासहपित भारतीय कन्टेनर पक्राउ गरिएको हो  ।  

पक्राउ पर्नेहरुमा २ जना भारतीय नागरिक रहेका छन् । सशस्त्र प्रहरीले चालक भारत बलरामपुर जिल्लाको बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र सहचालक सोही स्थानका ३६ वर्षीय योगेश वर्मालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, १४ नम्बर गण हेडक्वाटर मकवानपुरका प्रहरी नायव उपरीक्षक अनिल कार्कीका अनुसार चितवनको खुरखुरेबाट वीरगंज तर्फ जाँदै गरेको एनएल ०१ एसी २१४५ नम्बरको ६ चक्के डिब्बावाल कन्टेनरबाट सो परिमामणको लागुऔषध गाँजा बरामद गरेको हो । ट्रकको चेकजाँचका क्रममा कन्टेनरको ड्राईभर पट्टीको भित्तामा २ फिटको फल्स बटम बनाई ल्याइएको अवस्थामा लागुऔषध गाँजा फेला पारेको उनले बताए । उनीहरुको साथबाट नेपाली ५ हजार ७०० रुपैयाँ र भारतीय ८ हजार ६३० रुपैयाँ सहित ३ वटा मोबाइल फोन समेत बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप